इटहरीः गैरकानूनी रुपमा दक्षिण कोरियामा काम गरिरहेका १३ नेपाली स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

अध्यागम ऐनविपरीत गैरकाानूनी रुपमा काम गरेको कसुरमा पक्राउ परेका उनीहरु सबैलाई नेपाल फिर्ता पठाइने त्यहाँको अध्यागमन कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरुको पहिचान भने गोप्य राखिएको छ । पक्राउ परेकामध्ये चार जना कृषि कामदारका रुपमा दक्षिण कोरिया गई सो कामको करार अवधि बाँकी छँदै कम्पनीबाट भागेर अन्यत्र काम गरिरहेकाहरु छन् भने अन्य नौ जनाको भिसा अवधि समाप्त भइसकेको छ ।

उनीहरुमध्ये दुई जना दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारी पठाई पैसा असुल्ने काममा पनि संलग्न थिए ।