खुल्ला पत्र पाउने श्रीमान नगर प्रमुख इनरुवा नगरपालिका
तथा
श्रीमान प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय सुनसरी

श्रीमान, यो फोटोमा देखिएको दृष्य इनरुवा नगरपालिकाको ३ नम्बर र ४ नम्बर वडामा रहेको पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको हो । यस खण्डमा जिल्ला प्रशासन कार्यालयसमेत पर्दछ । पूर्व–पश्चिम लोकमार्ग सडक खण्ड दायाँबायाँ १०५ फिटको क्षेत्रफलमा रहेको छ । हाल कालोपत्रे सडक पेटीसहित ३० फिट क्षेत्रफलमा रहेको छ । यस सडक खण्डको दायाँबायाँको खाली भाग इनरुवा क्षेत्रमा दुर्घटनामा परेका बस ट्रक, जिप, भ्यानसगै पुराना कवाडी सवारीसाधनको तोडफोड गर्ने कवाडी व्यवसाय, टिना, फलाम, प्लाष्टिक, सिसाका बोतलको कवाडी व्यवसाय, मोटर ग्यारेज, काष्ठ मिल, हार्डवेयर पसलको गिटी, ढुड्डा, बालुवा, इट्टा तथा रड भण्डारण गर्ने स्थल बनेको छ ।

प्राकृतिक रुपमा आउने आकाशको पानी बग्ने खाल्डो नालासमेत व्यापार गर्नका लागि माटो गिटी बालुवाले पुर्दा पानीको निकास बन्द भएको छ । व्यस्त लोकमार्गमा २४ सै घण्टा सानाठूला सवारीसाधन आवतजावत गर्छन् । यही सडक आसपास अन्य व्यापारव्यवसाय र आवास क्षेत्रसमेत छ । साइकल, मोटरसाइकल र पैदल यात्रीसमेत यहीँबाट हिँडडुल गर्नुपर्छ । यस क्षेत्रमा दैनिक सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । सयौ मानिसले दुर्घटनाका कारण घाइते हुने, अपाड्ड हुने र मृत्युवरणसमेत गरेका छन् । करिब १० वर्षदेखि लोकमार्ग खण्डमा यो क्रम चल्दै आएको छ ।

inaruwa highway2

विगतमा नगरपालिका र सुनसरी प्रशासनको नेतृत्व गर्ने मेयर÷सीडीओलाई स्थानीयले सडकको अवरोध हटाउन पटकपटक अनुरोध गर्दै लिखित निवेदन दिएका थिए । त्यस समयका नेतृत्वकर्ताहरुले व्यवसायीको पक्षपोषण गरी उनीहरुप्रति नै झुकाव राख्दै स्थानीयको उजुरीलाई बेवास्ता गरेका थिए । त्यस खालको व्यवहारबाट आजित भएका स्थानीयले थाकेर आवाज उठाउन छोडेका छन । मेयर साब सीडीओ साब तपाईँहरुले स्थानीय सरकार सञ्चालन ऐन÷ स्थानिय प्रशासन ऐन र सडक कानुनको अनुगमन कार्यान्वयन गर्ने अधिकार पाउनुभएको छ । राष्ट्रिय लोकमार्गको अतिक्रमण हटाउने अधिकार पाएको सडक डिभिजन कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुसमेत सीडीओ साबकै मातहातमा रहेका छन् ।

inaruwa highway3

सवारीआवागनममा प्रत्यक्ष असर पुग्नेगरी भएको सडक अतिक्रमण हटाउने अधिकार क्षेत्र र दायित्व ट्राफिक प्रहरीको समेत भएकाले ट्राफिक प्रहरीसमेत मुक दर्शक भएर बस्नु दुखःद रहेको छ । राष्ट्रिय लोकमार्ग अतिक्रमण गरी स्थायी रुपमा व्यापारव्यवसाय गर्ने, सडक अतिक्रमण गरेर दुर्घटना निम्त्याउने, जोखिम बढाउने वातावरण प्रदूषण गर्ने, ध्वनी प्रदूषण गर्ने, पानीको बहावलाई रोक्ने, छेक्ने र ढलनाला थुन्ने काम गर्नेलाई कारबाही गर्ने ऐन कानून छ भने यिनीहरुलाई कारबाही हुन्छ कि हँुदैन ? मलगायत इनरुवावासी तपार्इँहरुले अतिक्रमण हटाई कानूनको सम्मान र पालना सबैका लागि बराबर छ भन्ने सन्देश दिएको हेर्न, सुन्न आतुर छाँै ।

खुल्ला पत्र पठाउने
नाम राजेन्द्र पोखरेल
ठेगाना इनरुवा नगरपालिका ३ नम्बर वडा सखुवागाछी सुनसरी