धरानः भीषण मुकारुङ र उनकी छोरी अभियान्ता मुकारुङको ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा गायक तथा संगीतकार भीषण मुकारुङ र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा रहेको छ । गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।् भीषणले आफ्नी सानी छोरीसँग पहिलो पटक गीत रेकर्ड गराएका हुन् ।

सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरुका गीतमा भने कभर भर्सनमा रेकर्ड गराएकी थिइन् । आफ्नै भने उनको यो पहिलो गीत हो । भीषणका यसअघि गाएका ‘खोर्सानी डल्ले, चन्द्रमुखी, अँधेरीमा जुन फुल्दा’ लगायतका गीतहरु स्रोता तथा दर्शकले मन पराएका छन् ।

बाबु र छोरी बीचको मायाममता र सम्बन्धमा आधारित गीत भीषणकै श्रीमती तथा कवि सुमित्रा लिम्बू (सुमित्रा प्रवृत्ति)ले लेखेकी हुन् ।