फिदिमः पाँचथरमा अविरल वर्षासँगै पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

फालेलुङ गाउँपालिका वडा नं ७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलाल सहित तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार उनकी ३८ बर्षीया श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिटिएर बाँच्न सफल भएका छन् ।

शुक्रवार राती करीब १०ः१५ बजे पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ताको खोजी कार्य भईरहेको प्रहरीले जनाकारी दिएको छ ।

ad