इटहरीः मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधिलाई राजवंशी समाज विकास समितिले सम्मान गरेको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कटहरीमा निर्वाचित जनप्रतिनिधिलाई आज शनिबार सम्मान गरिएको हो । अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशीसहित ७ वटै वडाध्यक्षहरुलाई सम्मानपत्र प्रदान गरेको राजवंशी समाजका अध्यक्ष उमेश राजवंशीले बताए ।

सम्मान कार्यक्रममा राजवंशी समाजका केन्द्रीय अध्यक्ष भिमराज राजवंशी, जिल्ला अध्यक्ष प्रशुराम राजवंशी, जग्गादाता केशराज राजवंशीलगायत राजवंशी समुदायका अगुवाहरुको सहभागिता रहेको समाजका सचिव मनिष राजवंशीले बताए ।

सम्मान कार्यक्रममा बोल्दै राजवंशी समाजका केन्द्रीय अध्यक्ष भिमराज राजवंशीले समाज परिवर्तनका लागि जनप्रतिनिधिले सदैव जनताको विकासको सपना साथमा राखेर अगाडि बढ्न आग्रह गरे ।

khelkud add.