इटहरीः चर्चित गीत “धरान सुनसरी“ कि गायिका जशोदा सुब्बाको “हेर्न मन लाग्छ“ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गायन क्षेत्रमा निकै लामो समयदेखि सक्रिय रहेकी गायिका सुब्बाले गायक राजेश चौधरीसंगको युगल गीत लिएर श्रोतामाझ आएका छन् । आकाश राई संग गाएको पहिलो गीत धरान सुनसरीले श्रोताको मन जित्न सफल भएको थियो । केही समय कोरिया बसेर पुनः साङ्गीतिक क्षेत्रमा निरन्तरता दिएकी गायिका सुब्बाको निकै गीतहरु बजारमा आएका छन् ।

herna man lagxa.1

माया र प्रेम सम्बन्धमा आधारित गीत कुमार श्रेष्ठले लेखेका हुन भने गीतमा सङ्गीत देभ स्याङ्तनको रहेको छ । गीतको सङ्गीत संयोजन बाबू प्रधानले गरेका हुन भने मिक्सिङ्ग किशोर थापाको रहेको छ ।

निमा लामा तामाङ्गको निर्देशनमा बनेको भिडियो डक स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । दिपक लामा, मन्जु श्रेष्ठ,रेनुका पाख्रीन, रुपेश श्रेष्ठ, लक्ष्मन कुवर, सुमन, डेभिडको अभिनय रहेको भिडियोको छायाँकन अदिप कुलुङ्ग राइले र सम्पादन बिश्वास भण्डारीले गरेका छन् ।