धरानः धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गले सेभ घोपा क्याम्प आन्दोलनमा अव बाट आफ्नो नैतिक समर्थन नरहने घोषणा गरेका छन् ।

मेयर भएपछि विजय जुलुससँगै घोपामा भइरहेको आन्दोलनमा सहभागी भएर आफ्नो नैतिक समर्थन हिजो पनि रहेको र आज पनि हुने भन्दै बताएका मेयर साम्पाङ्गले अव बाट भने आफ्नो समर्थन नरहने उद्घोष गरेका छन् ।

साम्पाङ्ग मेयर बनेपछि नै हामी नेपाली नामक समुहले काठमाण्डौबाट धरान आएर थालेको ‘सेभ घोपा क्याम्प’ नामक आन्दोलनका आन्दोलनकारी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीबीच सफल वार्ता गराएका थिए भने कार्यदल बनाएर सोही कार्यदलको प्रतिवेदनका आधारमा प्रतिष्ठानले सुधारको काम समेत थालिसकेको छ । आफूलाई जनताको आवश्यकतासँग जोड्ने विषयमा खुलेका मेयर साम्पाङ्ग अचानक किन व्याक भए भन्ने चौतर्फी बहस चलेको छ ।

287461687_542205477603212_6213590389454845107_n

सेभ घोपा क्याम्पमा आफ्नो नैतिक समर्थन आज सम्म थियो तर, अव रहन्न । यो आन्दोलन रहिरहे घोपा सुधार होइन सर्ने खतरा छ भन्दै साम्पाङ्गले आफु पछि सरेको बताएका छन् । आफू मेयर भएपछि आफ्नै रोहवरमा वीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई १ घण्टा आन्दोलनकारीले उनकै गाडीमा थुनेर राखेपछि सफल सन्मन्वय गरेर वार्ता गराएका मेयर साम्पाङ्गले आन्दोलनकारी ट्रयाक भन्दा बाहिर गएको बताएका छन् ।

मेयरकै रोहवरमा वार्ता भएपछि अहिले प्रतिष्ठानले केही आइसियु वेड थप गर्ने घोषणा गरेको छ भने अस्पताल परिषरभित्रै औषधी पाइने व्यवस्था समेत गरेको छ ।

केही दिन अघि हामी नेपाली समुहका अगुवा सुदन गुरुङ्गले मेयरको विरुद्ध अभिव्यक्ति दिएपछि साम्पाङ्ग आन्दोलनमा समर्थन नगर्ने मुडमा पुगेको बताइन थालिएको छ ।

मेयर साम्पाङ्गकै रोहवरमा उपकुलपति ज्ञानेन्द्र  गिरीलाई भेट्न सफल भएको आन्दोलनकारी समुह हामी नेपालीले मेयरकै नैतिकतामा टेकेर फ्लोर क्रस गर्न खोजेको मेयरका पक्षधरको भनाई छ । तर साम्पाङ्गले भने सेभ घोपा क्याम्प आन्दोलनले प्रतिष्ठानको सुधार नभई अस्पताल सर्ने खतरा रहेको भनेका छन् ।