इटहरीः तनहुँ जिल्लाको दमौलीमा सञ्चालन भएको १३ औँ राष्ट्रपति रनिङ्ग सिल्ड कराँते प्रतियोगितामा तनहुँको मिडल इष्ट कराँते डोजो खहरेले २ वटा पदक जित्न सफल भएको छ ।

गत वर्ष मात्रै तनहुँको भानुमा स्थापना भएको मिडल इष्ट कराँते डोजो खहरेका मेक्सन रानाले रजत पदक र युवराज गुरुङ्गले कास्य पदक प्राप्त गरेको प्रशिक्षक राम घलेले जानकारी दिए । वैदेशिक रोजगारीमा खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएईमा) काम गरेर फर्किएका घलेले विदेशमै तालिम लिएर स्वदेशमा डोजो सञ्चालन गरेका हुन् ।

dozo2

कराँतेका थर्ड डान घलेको डोजोले जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजना तथा राखेपाको संयोजकत्वमा आयोजना भएको अन्तरविद्यालय जिल्लास्तरीय कराँते प्रतियोगितामा मेडल जित्न सफल भएको हो । मेडल विजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे र प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य केदार सिग्देलले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।