इटहरीः नेपालमा कोरोना संक्रमण फेरि विस्तार हुन थालेको देखिएको छ ।

आज मात्र देशभर ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयके तथ्याङ्क छ । मन्त्रालयका अनुसार दुई हजार एक सय २० वटा नमुना परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप २० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल देशभर तीन सय ३३ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार नौ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।