धरानः धरान संघीय प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले आफ्नै खर्चमा पिण्डेश्वर मदिर परिसरमा निर्माण गरिदिएकी स्नानघर सहितको शौचालय शनिबार मन्दिरलाई हस्तान्तरण गरिएको छ ।

शौचालय मदिरका पूजारी, सहयोगीहरुको सुविधाका लागि निर्माण गरिएको हो । स्नानघर सहितको नवनिर्मित भवनमा दुई वटा शौचालय, एक स्नानघर र एक पिसाब कोठा रहेको छ । सांसद सुब्बाले संयुक्त भवनका कोठाहरुको ताला–चाबी मन्दिरका पूजारी गोकुल पोखरेललाई हस्तान्तरण गर्दै शौचालयको जिम्मा मन्दिर परिवारलाई दिएकी हुन् ।
उक्त अवसरमा सांसद सुब्बाले मन्दिरका पूजारी परिवारलाई शौचालयको कठिनाई भएको कुरा नेपाली कांग्रेस वडा १४ बुथ अध्यक्ष श्याम श्रेष्ठमार्फत् आएपछि परिवारसहित आफ्नै निजी खर्चमा शौचालय निर्माण गरिदिएको बताइन् ।

उनले भनिन् ‘अब सुविधाको सदुपयोग रेखदेख, सरसफाइको जिम्मा मन्दिर परिवारबाट हुने विश्वास गरेकी छु ।’ शौचालयको संयुक्त भवन निर्माणमा ४० लाख रुपयाँभन्दा बढी खर्च भएको छ । शौचालयको नक्सा डिजाइन धरान उपमहामनगरपालिकाले गरिदिएको हो । यसमा सरकारी वा सांसद कोषको कुनै रकम लगानी भएको छैन । मन्दिरबाहिर सार्वजनिक शौचालय भएतापनि मन्दिर परिसरमा सुविधायुक्त शौचालय थिएन । त्यहाँ आश्रय लिएर बस्ने साधु सन्तहरुका लागि पुरानो शौचालय भएपनि जिर्ण अवस्थामा छ । मदिरमा दैनिक विदेशबाट समेत आउने वृद्धवृद्धा दर्शनार्थीहरुका लागि नयाँ बनेको शौचालयले सुविधान प्रदान गर्नेछ । हस्तान्तरणको अवसरमा समाजसेवीहरु, वडा १४ का जनप्रतिनिधि, कांग्रेस कार्यकर्ताहरु उपस्थित थिए ।