इटहरीः सोलुखुम्बुको जलविद्युत परियोजना अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज असार २० गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेके छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर बिक्री गरीसकेको कम्पनीले अहिले सर्वसाधारणको लागि निष्कासन गरेको हो । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अङ्कित दरका १९ लाख ५७ हजार पाँच सय कित्ता साधारण शेयर निष्कासन गरेको छ । निष्कासितमध्ये २ प्रतिशत अर्थात् ३९ हजार एक सय ५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ९७ हजार आठ सय ७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार चार सय ७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । पहिलो चरणमा असार २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय सँस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । मेरो शेयरको वेबसाइट तथा एप्लिेकेसनबाट पनि शेयर भर्न सकिन्छ । शेयरमा न्यूनतम आवेदन दिन मिल्ने कित्ता १० कित्ताका लागि नै आवेदन दिनु उत्तम मानिएको छ ।