इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले सहकारी समूहमा आबद्ध कृषकहरुलाई पावर टेलर र मिनी टेलर वितरण गरेको छ ।

नगर सरकारको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लागत सहभागितामा ६ ओटा पावर टेलर र पाँच ओटा मिनी टेलर वितरण गरिएको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

291804176_376964701203514_1369568112145299726_n

 

उनका अनुसार कृषकहरुको उत्पादकत्व वृद्धि गर्न योगदान पुगोस् भनी नगर सरकारको कृषि कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो । कृषि सामग्री वितरण कार्यक्रममा मेयर पौडेलका साथै उपमेयर सङ्गीता चौधरी लगायतको उपस्थिति रहेको थियो ।