इटहरीः मोरङ्ग जिल्लाका विभिन्न खोलाहरुमा अवैध रुपमा खोलाबाट गिट्टीबालुवा उत्खनन् गरिरहेका ९ वटा सवारीसाधनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

प्रहरीको छापामा अवैध उत्खनन् गरिरहेका सवारीसाधनसहित ८ जना चालकहरु पनि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले गरेको निरीक्षणका क्रममा केराबारी गाउँपालिका ८ स्थित खदम खोला, वडा ७ स्थित मुगु खोला, सुन्दरहरैँचा नगरपालिका ५ स्थित बुढी खोला र बेलबारी नगरपालिका २ स्थित लोहन्द्रा खोलाबाट अवैध उत्खनन् गरिरहेका सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

292167154_401377005356137_743820395076022882_n

इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले को १ ख ५८६२ नम्बरको ट्रिपर र चालक अशोक कटवाल, को १ ख १४९१ नम्बरको जेसीबी र चालक राज लिम्बूलाई नियन्त्रणमा लिएको हो । यसैगरी, को १ ख ७२५१ नम्बरको ट्रिपर र चालक जयराम उराव, ना ८ ख ४२६७ नम्बरको ट्रिपर र चालक अनिल चौधरी, प्र.१–०२–००१ नम्बरको ट्रिपर र चालक दिनेश उराव, को १ त ६८६४ नम्बरको ट्रयाक्टर र चालक काशीनाथलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यसैगरी, को २ त ५५६४ नम्बरको ट्याक्टर र चालक उज्वल पौडेल, अन टेष्ट ट्याक्टर र चालक शम्भु मग्रातीलाई पनि नियन्त्रणमा लिइएको छ भने चालक नभएको प्र १–०२–००३ त १४०१ नम्बरको ट्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चालकसहित नियन्त्रणमा लिइएका गाडीहरुलाई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको छ ।