इटहरीः मोरङको रतुवामाई नगरपालिका–२ क्यापटोलमा एक जना महिलाको शव फेला परेको छ ।

अन्दाजी २५÷२६ वर्षीया महिलाको शव फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार कल्भर्टको पानी जमेको खाल्डोमा मृत फेला परेकी महिलाको सनाखत हुन सकेको छैन ।

आज बिहान ६ः०० बजे खाल्डोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।