इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका १० बाट प्रहरीले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २० वर्षीय क्रितेश मगर, रमेश चौलागाईं, १९ वर्षीय आदित्य चौधरी, पुकार कार्की, कुनाल कटुवाल, विकास नेपाली, सरोज चौधरी, आयुष बोहोरा, १८ वर्षीय प्रदीप पौडेल, निमेष खड्कालगायत रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार पक्राउ परेका सबै अभियुक्तहरुउपर अभद्र व्यवहार मुद्दामा कारबाहीका लागि जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ ।

लागुऔषध सेवन गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई धम्क्याउने, महिला तथा बालबालिकामाथि दुव्र्यवहारको प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि बढेको जनगुनासोसँगै प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।