इटहरीः इलामको सूर्योदय नगरपालिका–९ ढोडेबाट प्रहरीले सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय जीवन राई रहेकाो १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । राईले राइफलको गोली देखाई घर तथा छरछिमेकीलाई समेत डरधम्की दिने गरेको उजुरीका आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले राईको घरमा छापा मार्दा गोली बरामद भएपछि उनलाई पक्राउ गरिएको हो । अभियुक्त राईका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।