धरानः उद्योग वाणिज्य संघ सुनसरीको निर्वाचन सम्पन्न भएको छ । धरानमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसनिकट उम्मेदवार विजय श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

आफना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेनिकट उम्मेदवार शिवराज श्रेष्ठलाई पराजित गर्दै विजय निर्वाचित भएका हुन् । विजयले एक हजार दुई सय २५ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिद्वन्द्वी उम्मेदवार शिवराजले ६ सय ३६ मत प्राप्त गरे ।

दुवै उम्मेदवारबीच पाँच सय ८९ मतको विशाल अन्तर रह्यो । यसैगरी, तेस्रो स्थानमा रहेका उम्मेदवार पवन अग्रवालले तीन सय ३ मत प्राप्त गरे । उनी संघका पूर्वअध्यक्षसमेत हुन् ।