इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभामा नवनियुक्त समानुपातिक सांसद हिमादेवी बस्नेत (भट्टराई) को सपथग्रहण सम्पन्न भएको छ ।

असार २० गते निर्वाचन आयोगबाट सांसदमा नियुक्ति पाएकी बस्नेतले आज प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीसमक्ष सपथ लिएकी हुन् । सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएपछि एमाले सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि उनको ठाउँमा बस्नेतको नियुक्ति भएको हो । प्रदेशसभाको कार्यकाल अब चार महिना बाँकी छ ।