इटहरीः गत शनिबार आएको बाढीले ढलेको पोल मर्मत नहुँदा उदयपुरको उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्र अन्धकारमय बनेको छ ।

त्रियुगा २ लुहालेखोलामा आएको बाढीले पोल ढालेपछि नगरको वडा नम्बर १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप र भुल्केमा बत्ति बल्न नसेको हो । पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मर्मत नभएको स्थानीयको गुनासो छ ।

शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी १ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो । विद्युत् प्राधिकरण गाईघाटका इञ्जिनियर सत्यनारायण साहले बाढीले धेरै पोल ढालेर क्षति पु¥याएको बताउँदै ढलेका पोल उठाएर र नयाँ पोल राखेर बिजुली सेवा पुनः सुचारू गर्ने तयारीमा आफूहरू रहेको उल्लेख गरे ।