इटहरीः १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीको २०७८। असार २२ गतेको फैसलाले मानब बेचबिखन ओसारपसार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैया जरिवाना असुल गर्न बाँकी रहेकी सुनसरी धरान–१६ की ४६ वर्षीया सरिता भन्ने कृष्णकुमारी लिम्बूलाई खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

पक्राउ परेकी लिम्बूलाई सुनसरी जिल्ला अदालतको आदेशमा कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।