धरानः सडकमा जथाभावी फोहोर फाल्नेलाई धराान उपमहानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ ।

मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरको तीनकुनेदेखि छाता चौकसम्म जथाभावी फोहोर फाल्न निषेध गर्ने निर्णय गरेको हो । उपमहानगरको निर्देशन अटेर गरे े वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को परिच्छेद ७ बमोजम कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । यसका साथै, बैठकले राष्ट्रिय आविस्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गर्न पहल गने निर्णय पनि गरेको छ ।

pppppp

 

सैगरी, यातायात कार्यालय धरानमा ल्याउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको जग्गा व्यवस्थापनका लागि धरान १७ को जग्गामा स्थलगत अवलोकन पनि गरिने भएको छ । विद्यालयका शुल्कको उपमहानगरले नियमन गर्ने निर्णयसमेत बैठकले गरेको छ । मेयर हर्कराज साम्पाङको संयोजकत्वमा बनेको ५ सदस्यीय समितिले शुल्कको नियमन गर्नेछ । विद्यालयमा शुक्रबार जातीय पोसाकलाई प्रोत्साहन गर्ने निर्णय भएको छ । कार्यपालिकाको बैठका आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमको स्वीकृतिअसार २३ गते गरिने भएको छ । कार्यपालिका बैठकका लागि १९ ओटा कार्यसूची तय भएकोमा १२ ओटा निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

ppppp