शेरबहादुर परियार

युरोप:  नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा भर्चुअल बैठकमार्फत् भएको सपथग्रहण कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल तथा उप महासचिव डाक्टर विजय पौडेलको उपस्थितिमा प्रवास समन्वय कमिटीका संयोजक श्री प्रसाद शाहले कमिटीलाई सपथ खुवाएका थिए । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्रीप्रसाद शाहको संयोजकत्वमा गठन भएको ४५ सदस्यीय समन्वय कमिटीका सहसंयोजकद्वय सुवास पोखरेल(जर्मनी) र भीम कार्की(अमेरिका) छन् । कमिटीका सचिव ध्रुव सुवेदी(अस्ट्रेलिया) र उप सचिवद्वय रामहरि गैरे(कतार) तथा सागर रिजाल(जापान)रहेका छन् ।

त्यसैगरी, कमिटीका सदस्यहरुमा सीता खरेल(अमेरिका), भानुभक्त पोखरेल(नेपाल), सञ्जय मुडभरी(स्विजरल्याण्ड), अर्जुनखतिवडा(बेलायत), राधाकृष्ण देउजा(अमेरिका), टीबी कार्की(कतार), टेक गुरुङ(अमेरिका), डाक्टर मनमूर्ति भुर्तेल(रुस), कृष्ण तिवारी(बेलायत), मनोज भुसाल (फिनल्यान्ड), लिलानाथ कोइराला(ओमान), शुभराज बमजन(दक्षिण कोरिया), बिमल गौतम(साउदी अरब), युवराज गैरे(कुवेत), टंक कटुवाल(पोल्याण्ड), राजन काफ्ले(आयरल्यान्ड), कृष्ण देवकोटा(जर्मनी), प्रेम गौतम(स्वीडेन), बाला घिमीरे(अमेरिका), यम लामा(अमेरिका), विपिन सापकोटा(युएई), शेरबहादुर परियार(पोल्याण्ड), दीपेन्द्र गजुरेल(स्पेन),राजु गुरुङ(युएई), निराजन सुवेदी(पोर्चुगल), अकल लामा(जर्मनी), हिरामान राई(हङकङ), माधव शाह(अस्ट्रेलिया), पशुपतिप्रसाद भण्डारी(नर्वे), दोर्ण सिलवाल(जापान), निगम खनाल(क्यानडा), प्रेम वम्जन(ओमान), देवसमशेर घिसिङ (कुवेत), हरिबहादुर तामाङ(क्रोएसिया), चिन्तन बुढामगर(साइप्रस), जिवच्छ यादव(ब्रुनाई), धनबहादुर बोहरा(नेदरल्यान्ड्स), उमेश मोक्तान(बेलायत) र अच्युत थपलिया(अस्ट्रेलिया) रहेका छन् ।


हाम्रो विद्रोहले कम्युनिष्ट आन्दोलन र संविधान जोगाएको छः माधव नेपाल 

सपथग्रहण कार्यक्रममलाई सम्वोधन गर्दे अध्यक्ष माधव नेपालले नेपालको कम्युनिष्ट आन्दोलन जोगाउन विद्रोह गर्नुपरेको र यसले संविधान विघटन हुनबाट देशलाई जोगाएको बताए । ‘लोकतन्त्र तथा गणतन्त्रविरोधी र पक्षधर बीचको लडाइँ आजको मुख्य अन्तरविरोध हो। ओलीजीमा आफूलाई सर्वज्ञानी, सर्वज्ञाता, सुपरम्यान र आफूलाई पार्टी र संविधानभन्दा माथि ठान्ने व्यक्तिवाद अझै कायम छ । तसर्थ उनको यो प्रवृत्ति रहेसम्म एमालेसँग कार्यगत एकता सम्भव छैन । यद्यपि, विचार, सिद्धान्त र समाजवादको न्यूनतम कार्यक्रममा एकमत हुने वाम्पन्थी पार्टीहरूसँगको कार्यगत एकता र पार्टी एकीकरण हुनेछ ।’ उनले भने ।

हाम्रो पार्टी नेपालमा क्रियाशील रहेका वाम्पन्थीहरु पार्टीमा सबैभन्दा उत्तम वैचारिक पार्टी रहेको र त्यसको आगामी निर्वाचनबाट पुष्टि हुने अध्यक्ष नेपालको भनाइ थियो । पार्टी आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा होमिएको भन्दै प्रवासमा रहेका समाजवादी आन्दोलनका यात्रीहरुको सल्लाह, सुझाव र सहयोगको पार्टीले अपेक्षा गरेको अध्यक्ष नेपालले बताए ।