कोलम्वोः श्रीलंकाका राष्ट्रपति गोतावाया राजपाक्षे र प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पदबाट राजीनामा नदिएको खण्डमा मुलुकले अझै ‘डरलाग्दो र बृहत हडताल’ र विशाल जनप्रर्दशन देख्नुपर्ने चेतावनी बुधवार प्रर्दशन आयोजकहरू र युनियनका नेताहरूले दिएका छन् ।  

बुधवार नै आफ्नो सरकारी निवासमा हजारौंको भिड प्रवेश गरेका कारण भागेका राष्ट्रपति गोतावायाले पदबाट राजीनामा दिने वचन दिएका हुन् । तर, अधिकांशले उनले आफ्नो वचन पूरा गर्नेमा शंका व्यक्त गरेका छन् ।  

दशकौं यताकै मुलुकको चरम आर्थिक समस्याका लागि जनताले उनलाई दोष दिइरहेका छन् । श्रीलंकाली जनताले लोड सेडिङलगायत इन्धन, खाद्यान्न तथा औषधि अभावका समस्या भोगिरहेका छन् । 

प्रधानमन्त्री विक्रमसिङ्घेले भने राजपाक्षेको बहिर्गमन लगत्तै सबै पार्टी सम्मिलित नयाँ अन्तरिम सरकार बनेपछि आफू पदबाट हट्ने बताएका छन् । -बीबीसीबाट