धरानः उद्योग वाणिज्य संघ सुनसरीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ ।
असार २० गते सम्पन्न निर्वाचनबाट निर्वाचित समितिलाई बिहीबार एक समारोहका बीच समितिलाई कार्यभार हस्तान्तरण गरिएको हो । पदास्थापन कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले उद्योगी व्यवसायी र सरकार सँगसँगै अघि बढ्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले आगामी आर्थिक वर्षको बजेट कर्पोरेट हाउसमैत्री भएको बताए ।
सङ्घका अध्यक्षमा विजय श्रेष्ठ निर्वाचित भएका थिए । उद्योगतर्फ पियुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान, र विष्णु बराल निर्वाचित भएका थिए । वाणिज्यतर्फ नवीनराज भण्डारी, शशी साह, जयप्रकाश शर्मा, किशन मास्के, शैलेसकुमार आचार्य, राजेश अग्रवाल, उपेन्द्र चाम्लिङ र मनोजकुमार तोदी निर्वाचित भएका थिए । वाणिज्यतर्फ महिलामा वर्षा अग्रवाल श्रेष्ठ निर्वाचित भएकी थिइन् । एसोसिएटतर्फ गोपाल श्रेष्ठ, राजु साह र अशोक जैन निर्वाचित भएका थिए ।
उद्योगतर्फ महिला सदस्य स्तुति श्रेष्ठ रहेकी छन् । पदास्थापन कार्यक्रममा पुराना व्यवसायी गणेश अग्रवाललाई सम्मान गरिएको सङ्घका निवर्तमान महासचिव राजेश अग्रवालले जानकारी दिए । पदस्थापन कार्यक्रमको फोटो छ कि खिला जी ?