धरानः धरान उपमहानगपालिकामा साउन ७ गतेसम्म कर असुली स्थगित गरिएको छ ।

शुक्रबार उपमहानगपालिकाले सूचना प्रकाशित गर्दै कर असुली स्थगित गरेको जनाएको हो । साउन ७ गतेसम्म कर अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि समय लाग्ने भएकाले स्थगित गरेको सूचनामा जनाइएको छ ।

उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सूचनामा उपमहानगरले असुली गर्ने सम्पत्ति कर, मालपोत कर, बहाल कर, व्यवसाय दर्ता तथा नवीकरणको कार्य साउन ७ गतेसम्म नहुने उल्लेख गरिएको छ ।