वासिङटनः अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ । 

उनका तीनजना सन्तान छन् । डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेका छन्, “उनी सुन्दर र गजबकी महिला थिइन् । उनले महान् र प्रेरणादायी जीवन अघि बढाएकी थिइन् ।”

अहिले चेक गणतनत्र रहेको स्थानमा जन्मेकी इभानाको सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह भएको थियो । त्यसको १५ वर्षपछि अर्थात् सन् १९९२ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो । यस दम्पतीबाट तीन सन्तान डोनाल्ड जुनियर, इभान्का र एरिक ट्रम्पको जन्म भएको थियो । 

एसोसिएटेड प्रेसका अनुसार प्रहरीले उनको मृत्यु दुर्घटनाको कारण भएको विश्वास गरेको छ । निकटका सुत्रहरूले इभानलाई न्युयोर्क सिटीस्थित आफ्नो निवासमा एउटा भ¥याङ छेउ अचेत अवस्थामा लडिरहेको पाएको र उनी संभवत भ¥याङबाट लड्ेको हुनपर्ने समाचार निकायलाई जानकारी गराएका छन् । 

असी र नब्बेको दशकमा डोनाल्ड र इभाना ट्रम्पको जोडी सार्वजनिक रूपमा निकै चर्चित थियो । साथै उनीहरूको सम्बन्ध विच्छेद पनि सबैको चासोको विषय बनेको थियो । -बीबीसीबाट