इटहरीः ट्रान्सफर्मर पड्किएर विद्युत् आपूर्ति अवरुद्ध भएपछि उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ ।

असार ९ गते मनसुनी वर्षाका क्रममा परेको चट्याङ लागेर सिरहाको लहानमा रहेको ट्रान्सफर्मर पड्किएपछि लहानबाटै हुँदै आएको विद्युत् आपूर्ति ठप्प हुन पुगेको नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रका प्रमुख पङ्कज गोइतले जानकारी दिए ।

उनका अनुसार नयाँ ट्रान्सफर्मर राख्ने काम सम्पन्न हुन नसक्दा आपूर्तिमा समस्या भएको हो । उत्पादन ठप्प हुँदा दैनिक रु ७३ लाखभन्दा भन्दा बढी घाटा व्यहोर्नु परेको छ । उद्योगले विद्युत् आपूर्ति बन्द भएपछि दुई हप्ताभित्र रु १६ करोड घाटा बेहोर्नु परेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।