इटहरीः धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गले आफू कर्मचारी कटौतीमा लाग्न सक्ने संकेत गरेका छन् । 

विभिन्न नगरपालिका तथा गाउँपालिकाले करारका कर्मचारीको करारनामा नवीकरण नगरेको समाचार आउँदै गर्दा धरान उपमहानगरपालिकाका मेयरले सोमबार बिहान सामाजिक सञ्जालको उपयोग गर्दै काम नगर्ने कर्मचारीलाई कटौती गर्ने संकेत गरेका हुन । 

मेयर साम्पाङ्गले महालेखा परिक्षकको ५९ औँ प्रतिवेदन सार्वजनिक भइरहँदा धरान उपमहानगरको बेरुजु समेतलाई हेर्दै तलब खुवाउँदा बेरुजु देखिने, काम नगर्ने, भनेको नमान्ने, कुरा काटेर बस्ने र चेन अफ कमाण्ड नमान्ने कर्मचारीलाई बिदा दिनेछौँ भन्दै अभिव्यक्ति सार्वजनिक गरेका छन् । 

‘तलब खुवाउँदा बेरुजु देखिने, काम नगर्ने , भनेको नमान्ने, कुरा काटेर बस्ने र चेन अफ कमाण्ड नमान्ने कर्मचारीलाई बिदा दिनेछौँ’ साम्पाङ्गले फेसबुकमा राखेको पोस्टमा भनिएको छ । 

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार देशभरका ११ वटा उपमहानगरमा धरान उपमहानगरपालिका बेरुजुको छैटौँ स्थानमा देखिएको छ ।

harka status.