इनरुवाः गत असोज २० गते सप्तरीको राजविराज १ का २० वर्षीय युवाको हत्या गरी फरार रहेका राजविराज १ का २२ वर्षीय आनन्दकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी सुनसरीको कोशी गाउँपालिका १ लौकहीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायब निरीक्षक दीपक बरालको नेतृत्वको टोलीले लौकही बजारबाट उनलाई गिरफ्तार गरेको बताएको छ । १ महिनाको निगरानी र प्रयासबाट नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।