इटहरीः भोजपुरको भोजपुर नगरपालिका–१२ मा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।

बिहीबार साँझ ६ः०० बजे भित्री सडक खण्डमा मे. १ त ४७४४ नम्बरको  ट्याक्टरले ठक्कर दिदा स्थानीय सुन्दर तामाङका ४ वर्षीय छोरा मेन्सन तामाङको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको तथा ठक्कर दिने ट्याक्टर र चालक भोजपुरको रामप्रसाद राई–९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।