इटहरीः मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ बालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो सुनसरीको कोसी गाउँपालिका–५ कुमियाहीमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय  नजारुल हकका ९ वर्षीय छोरा  नफाजल हक पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए ।

यसैगरी, मोरङको जहदा गाउँपालिका–७ का अशोक मण्डलका ११ वर्षीय  छोरा तरुण मण्डल घरनजिकै रहेको खहरे खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा आफन्तले फेला परेका थिए ।

मृतकको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।