इटहरीः झापाको मेचीनगर–६ स्थित र मोरङको पथरी शनिश्चरे–२ बाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो मेचीनगर नगरपालिका–६ मेची पुलमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका शिवसताक्षी–९ झापाका ३६ वर्षीय नेत्रविक्रम तुम्बाहाम्फेलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे–२ का २७ वर्षीय अजय राईको साथबाट २०० मिलीग्राम ब्राउनसुगर बरामद भएसँगै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।