इटहरीः मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित कोसी लोकमार्गमा कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

आज बिहान ६ः३० बजे एच आर ३८ एक्स २२१० नम्बरको कन्टेनरले को.३०प ९१०३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ मोरङका २७ वर्षीय हर्क परियार र मोटरसाइकलपछाडि सवार रहेका २१ वर्षीय भीमबहादुर राई घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि विराट मेडिकल कलेज गंगा चोक लगिएकोमा अस्पताल पु¥याउना साथ दुवै जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ठक्कर दिने सवारीसाधन र चालक भारतको भरतपुर एकलऔहराका मोरध्वज पाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।