इटहरीः करारमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने भन्दै ठूलो संख्यामा करारका कर्मचारी कटौती गरेको सुनसरीको इनरुवा नगरपालिकाले कागजात किर्ते गर्ने कार्यमा संलग्न एक महिला कर्मचारीलाई भने संरक्षण गरेको पाइएको छ ।

इनरुवा १० का सुचक अशोक रामले भरेको अनुसुची फारम २ को सुचना फारम बमोजिम दसन चमारको नाती अशोक चमार तथा सुनितादेवी रामको छोरा कृष्णकुमार रामको २०६२ कार्तिक १२ गतेको जन्म भएको प्रमाणित सक्कल जन्मदर्ताको कार्यालयमा रहेको अभिलेख सच्चाएर किर्ते गर्ने कार्यमा संलग्न रहेको आरोपमा इनरुवा नगरपालिकाको १० वडा कार्यालयमा कार्यरत कर्मचारी विनिता ठाकुरलाई कारबाही गर्न वडाध्यक्ष मोहम्मद खलिल अख्तरले मेयर केदार भण्डारीलाई पत्र पठाएको पाइएको हो ।

sss1

कारबाही गर्न पत्र पठाइएको भएपनि ठाकुरलाई कारबाही गर्नुको सट्टा नगरपालिकाले उनको करार अवधि थप गरिदिएको छ । कर्मचारी ठाकुरले २०६२ कात्तिक १२ गते जन्मिएका कृष्णकुमार रामको जन्म मिति २०५८ वैशाख २० गते कायम गरी पुरानो जन्मदर्ता जारी गर्दाका बखत कायम रहेका तत्कालीन जल्पापुर गाविसका सचिव दीपकबाबु सुवेदीको हस्ताक्षरसमेत किर्ते गरेर नयाँ जन्मदर्ता जारी गरिदिएको पुष्टि भएको छ । पुरानो र नयाँ दुवै जन्मदर्ताको प्रति भिडान गर्दा किर्ते गरिएको खुलासा भएको हो ।

कागजात तथा हस्ताक्षर किर्ते गर्ने कर्मचारी ठाकुरलाई कारबाही गर्न वडा कार्यालयबाट २०७९ असार २० गते चलानी नम्बर १०४९ मार्फत नगरपालिकामा पत्र पठाएर सोही दिन कार्यालयमा बुझाइएको पाइएको छ । स्रोतका अनुसार चाँदवेला घर भएका नेपाली काग्रेस निकट रहेका बुढासुब्बा आधारभुत विद्यालय इनरुवा २ मगरटोलमा कार्यरत शिक्षक धर्मेन्द्रकुमार ठाकुरको बहिनी रहेकी विनिता ठाकुरलाई कारबाही सिफारिसअनुसार कारवाही नगर्न दलका नेताहरुले दबाब दिएपछि उनलाई कारबाहीबाट उन्मुक्ति दिँदै उनको करार अवधि नगरपालिकाले थप गरिदिएको हो ।

sss2