इटहरीः सिरहामा एक ४० वर्षीया महिला बलात्कृत भएकी छन् । अर्नमा गाउँपालिका २, ब्रह्मपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोईरीले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरी टोलीले अभियुक्त कोइरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । शनिबार बिहान पक्राउ अभियुक्त कोइरीलाई जबर्जस्ती करणी अभियोगमा कारबाहीका लागि जिल्ला अदालतको आदेशमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।