इटहरीः झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेची पुल छेउबाट लागूऔषध  ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय काकडभिट्टा तथा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका कन्काई नगरपालिका–४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ वर्षीय सन्दीप कुमाललाई जाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको हो ।

यसरी ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुका सम्बन्धमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान अगाडि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।