इटहरीः चितवनको भरतपुर महानगरपालिका १० स्थित रमाइलो चौकमा श्रीमतीमाथि खुकुरी प्रहार गरी भाग्ने क्रममा लडेर श्रीमानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार ३५ वर्षीया श्रीमती रुष्मा आचार्यमाथि खुकुरी गरी भाग्ने क्रममा लडेर उनको मृत्यु भएको हो ।

गएराति १०ः०० बजे खुकुरी प्रहारबाट घाइते भएकी श्रीमती रुष्मालाई उपचारार्थ पुरानो मेडिकल कलेज पठाइएकोमा उपचारका क्रममा राति १०ः४० बजे उनको मृत्यु भएको थियो । यता, श्रीमतीलाई खुकुरी प्रहार गरी घरको तेस्रो तल्लाबाट हाम फालेर भाग्ने प्रयास गर्दा श्रीमान कृष्ण पनि घाइते भएका थिए ।

उनलाई उपचारार्थ चितवन मेडिकल कलेज पुर्याइएकोमा राति ११ः०० बजे उपचारका क्रममा उनको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।