इटहरीः सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षमा हिजो (आइतबार) दिउँसो रुखले किचेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका ११ घर भएका धीरज तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार प्रदेश १ ०२– ०४४ प ६६८१ नम्बको स्कुटी लिएर घुम्न आएका तामाङको स्कुटीमाथि सिसौको रुख ढलेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही दुर्घटनामा बराहक्षेत्र–५ का २४ वर्षीय सौगेन्द्र बिष्टसमेत घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।