इटहरीः नहरमा पानी नआएको भन्दै सुनसरीको लौकही गाउँपालिकाका किसानहरुले महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् ।
कोसीटप्पु वन्यजन्तु आरक्षको प्रवेशद्वारनजिकै महेन्द्र राजमार्ग क्षेत्रमा किसानहरुको समूहले टायर बाल्नुका साथै विभिन्न अवरोधक तेर्साएर सडक अवरुद्ध पारेका हुन् । केही बेरअघि सुरु भएको जाम खुलाउन प्रहरीले प्रयास गरिरहेको जिल्ला प्रहरुी कार्यालय सुनसरीले जनाएको छ ।