इटहरीः मोरङको जहदा गाउँपालिका १ स्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट प्रहरीले एक ट्याक्टर अवैध मदिरा बरामद गरेको छ ।

भारततर्फ अवैध रुपमा निकासी गर्न लागिएको दिलवाले ब्राण्डको मदिरा प्रहरी गएराति १०ः०० बजे बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

एक सय ५० काटृुन मदिराका साथै मदिरा लोड गरिएको को १ त ५९१३ नम्बरको ट्याक्टरसमेत जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बरामद गरेको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक –एसपी) नवीनराज राईले जानकारी दिए ।

उनका अनुसार सो मदिराको अनुमानित मूल्य एक लाख ३५ हजार रुपैयाँ रहेको छ । प्रहरीलाई देख्नासाथ ट्याक्टर छोडेर चालक फरार भएको बताउँदै एसपी राईले उनको खोजी जारी रहेको उल्लेख गरे ।

बरामद गरिएको मदिरा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।