इटहरीः मोरङको उर्लाबारी नगरपालिका २ स्थित झण्डी चौकबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने २० वर्षीय विवेक धिमाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगले जनाएको छ ।
हिजो साँझ ७ः०० बजे अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले धिमाललाई प्रतिबन्धित औषधि ट्रामाडोल ६० क्याप्सुल र स्पास्पेन ६० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका धिमालका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।