इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १२ स्थित खनारमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वर्षीय रुपेश दाहाल रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकोे जनाएकोे छ । कार्यालयका प्रवक्ता प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुुमन तिम्सिनाका अनुसार आज बिहान ७ः१५ बजे प्रदेश १–०२–०४३ प १०६४ नम्बरको स्कुटरमा सवार भई इटहरीबाट खनारतर्फ गइरहेका दाहाललाई सोही दिशातर्फ गइरहेको को. १ ख ३९६८ नम्बरको ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए ।
घाइते दाहाललाई उपचारका लागि मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी तिम्सिनाले बताए । दुर्घटनामा परी स्कुटरको पछाडि सवार मोरङको सुन्दरहरैँचा नगरपालिका ३ घर भएका २१ वर्षीय मनिष निरौलासमेत घाइते भएको बताउँदै उनले उनको पनि सोही अस्पतालमा उपचार भइरहेको जानकारी दिए । ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।