इटहरीः बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नत्र एसिड हान्दिन्छु’ भन्दै भिडियो बनाएर युट्युब च्यानलमा हाल्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

‘बदमास केटा’ नामक युट्युब च्यानल सञ्चालन गरी प्राङ्क भिडियो बनाएर हाल्ने नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय पूर्णचन्द्र भुसाललाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । 

भुसालले एसिडजस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाएको र युट्युबमा प्रसारण गरेको भन्दै प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्धा दर्ता समेत गरेको जनाएको छ ।

भुसाललाई नवलपरासीको कावासोतिबाट सोमबार पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको साइबर व्युरोले जानकारी दिएको छ ।

290563392_1451344448642288_6403644617427442953_n