इटहरीः झापाको बुद्धशान्तिमा घर नजिकैको कुलोमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति–४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावा रहेको जल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार बुद्धशान्ति–६ मा रहेको कुलोमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको हो । मृतक बालकको शव पोष्टमर्टमको लागि मेची अस्पताल पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।