वासिङ्टनः चन्द्रमाका अन्तरिक्ष यात्राको दौरान बज एल्ड्रिनले लगाएको अन्तरिक्ष ज्याकेट अमेरिकाको न्युयोर्कमा २८ लाख अमेरिकी डलरमा लिलाम भएको छ । एपोल्लो ११ को कमान्ड मोड्युल कोलम्बियाको अन्तरिक्ष यानमा बसेर चन्द्रमामा जाँदा एल्ड्रिनले लगाएको सेतो ज्याकेटमा अमेरिकी झण्डा र नासाको लोगो छ ।

हाल ९२ वर्ष उमेर पुगेको उनले बिक्रीकामा राख्नका लागि बनाएका आफ्ना ६९ वटा निजी सामानका सूचीमध्ये यो ज्याकेट पनि एक हो । सोडविज लिलाम गृहले लिलाम गरेको यो ज्याकेट अहिलेसम्म लिलाम भएका अमेरिकी अन्तरिक्ष कलाकृतिमध्ये सबैभन्दा मूल्यवान मानिएको छ । 

पूर्व अन्तरिक्षयात्री एल्ड्रिनले सन् १९६९ मा चन्द्रयात्रा गरेका थिए । त्यतिबेला उनलाई यात्रामा साथ दिने अन्य दुई अन्तरिक्ष यात्रीको निधन भइसकेको छ । उनले सो यात्राको क्रममा छ दिन अन्तरिक्षमा बिताएका थिए । अन्तरिक्ष यान भित्र यही ज्याकेट लगाएका उनले चन्द्रमाको सतहमा टेक्न मात्र यो ज्याकेट फुकालेर वैज्ञानिक ढंगले तयार पारिएको अर्को विशेष पोशाक लगाएका थिए ।

त्यतिबेला उनीहरूको चन्द्र यात्रालाई विश्वभरिका करिब ६५ करोड मानिसले टेलिभिजनमा हेरेका थिए । 

चन्द्रमामा २१ घन्टा भन्दा लामो समय बिताइसकेकपछि एपोलो मिसनमा फर्केका उनी र अर्का अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले यानभित्र फेरि यही ज्याकेट लगाएका थिए ।  आगोले छुन नसक्ने बेटा ’कपडा’ नामक पदार्थले बनेको यस ज्याकेटमा टेफ्लोनले मोडिएको छ ।

लिलामीमा राखिएको सन् १९६९ को अन्तरिक्ष मिसनसँग जोडिएको यो पहिलो वस्तु हो । -बीबीसीबाट