इटहरीः बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ वर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटीएको प्रहरी टोलीले हिजो खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सुनसरी जिल्ला अदालतमा पेस गरेको हो ।

विश्वकर्माको बाल यौन दुरुपयोग मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८ कात्तिक २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरिवाना भई लगत नं. १२१२ मा कैद तथा जरीवाना बेरुजु रही असुल गर्न बाँकी रहेको थियो ।