इटहरीः झापाको भद्रपुर नगरपालिका ७ का ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ ।

माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा हिजो बेलुका साढे ५ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मेचीनगर नगरपालिका ४ स्थित आमडागीमा रहेको इलाम टि प्रोडुसर प्रा.लि. को भवन बनाउने मजदुर रहेका राजवंशी सोही निर्माणाधीन भवननजिकै रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा हिजो अपरान्ह ४ः३० बजे करेन्ट लागी घाईते भएका थिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।