इटहरीः विषालु गोमन सर्पको डसाइबाट झापामा एक जना स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेचीनगर ११ निवासी ४० वर्षीया रुपा मैनाली रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

रुपालाई बिहीबार राति चश्मे गोमन प्रजातिको विषालु सर्पले घरमै डसेको थियो । सर्पले डसे लगत्तै उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र पु¥याइएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि आईसीयूमा राखेर उपचार गर्न भन्दै बिर्तामोडस्थित विएण्डसी अस्पताल रिफर गरिएकोमा त्यसतर्फ लैजाने क्रममा बाटैमा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।