इटहरीः इटहरीका व्यवसायी बजरङ्ग अग्रवालले आफूमाथि बलात्कार गरेको भन्दै उनकै घरमा घरेलु कामदारका रुपमा कार्यरत एक महिलाले उनीविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

अग्रवालले आफूमाथि बलात्कार गरेको भन्दै महिलाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी हुन् । उजुरी दिएलगत्तै आरोपित अग्रवाल भने फरार भएका छन् ।

आजै जाहेरी दर्ता भएकोमा जाहेरीका आधारमा खोजी गर्दा अग्रवाल फरार भएको पाइएपछि थप प्रहरी टोली परिचालन गरी खोजीकार्यलाई तीव्र पारिएको कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रकुमार खड्काले जानकारी दिए ।

बलात्कार आरोपित अग्रवाल अग्रवाल राईस मिल र ग्रिन प्लाई उद्योगका सञ्चालक हुन् ।