इटहरीः खोटाङको लामिडाँडा केन्द्रविन्दु भई आज बिहान ८ः१३ बजे गएको भूकम्पबाट छिमेकी जिल्ला भोजपुरका केही घरहरु भत्किएका छन् ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार ६ रेक्टरस्केल म्याग्निच्युडको भूकम्पबाट जिल्लाको टक्सार बजारका केही घरमा सामान्य क्षति पुगेको छ । २०७२ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त भएको एउटा घर भने आजको भूकम्पले भत्किएको उनले उल्लेख गरे ।
भूकम्पबाट कुनैपनि मानवीय तथा चौपाया क्षति भने नभएको प्रजिअ घिमिरेले प्रष्ट पारे । यता, भूकम्पको केन्द्रविन्दु रहेको खोटाङमा भने चार ओटा घरहरुमा सामान्य क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) उमेश लम्सालले जानकारी दिए । कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको उनले प्रष्ट पारे ।